दार्चुलाबाट भन्सार छलिको बिडी बरामद
मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

दार्चुला । दार्चुलाको पस्ती चेकपोष्टबाट भन्सार छलिको ८५ बण्डल भारतीय बिडी बरामद गरिएको छ
सोमवार दार्चुलाबाट गोकुलेश्वरतर्फ आइरहेको से १ ज २६८ नम्बरको जीपमा संका लागेर चेकजाँच गर्दा ८५ बण्डल भारतीय (घोडा बिडी) बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।
प्रहरीले बरमद गरिुएको बिडी भन्सार कार्यालय दार्चुलालाई बुझाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । पछिल्लो समय दार्चुलामा अबैद् रुपमा बिडी ओसारपोसारका घटनाहरु भइरहेका छन् ।
तपाईको प्रतिक्रिया