कञ्चनपुरको बन्धातालमा पाँच करोडको लगानीमा पूर्वाधार निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–४ मा अवस्थित पर्यटकीय स्थल बन्धातालको विकासका लागि पाँच करोड ४३ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ।
सन् २०७५ मा संघीय सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यहरूमध्ये बन्धाताल एक हो। हाल यहाँ मन्दिर, पुल र तालको चारैतिर संरक्षण पर्खाल निर्माणजस्ता संरचनाहरू निर्माण भइरहेका छन्।
बेलौरी नगरपालिकाका इञ्जिनियर जगदीश जोशीका अनुसार, कुल २७ करोड लागत अनुमान गरिएको योजनाअनुसार ताललाई व्यवस्थित गरिँदैछ।
बेलौरी नगरप्रमुख पोतीलाल चौधरीले ताललाई नगर गौरवको योजनामा समेटिएको बताउँदै संघ तथा प्रदेश सरकारसँग थप बजेट माग गरिएको जानकारी दिनुभयो।
तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गी पाइने भएकाले यो क्षेत्र जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।
निर्माण कार्य दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन्
तपाईको प्रतिक्रिया