निर्माणाधिन सडक गुणस्तर हिन बनेको स्थानीयको गुनासो

यशोदा शर्मा,
कैलाली। डोटी जिल्लाको शिखर नगरपालिका वडा न. ४/५ अन्तर्गतको तल्कोट, धुर्कोट र मुडभरा जोड्ने सडक खण्ड कालोपात्रेमा लापरवाही देखीएको छ ।
यो सडक कालोपत्रेको काम १महिना अगाडि देखि सुरु भएको थियो । काम सुरुभए पनि एक महिना पुग्दासम्म पनि ३/४ सय मिटर मात्र कालोपात्रे भएको छ । निमार्ण कार्य सुरु भएपनि अलपत्र र गुणस्तरहिन भएको स्थानीयहरुले बताएका छन् । सम्बन्धित निर्माण कम्पनिको लापरबाहीका कारण सडक गुणस्तरहिन भएको उनिहरुको गुनासो छ ।
'ठेकेदार , कार्यालय लाई बारम्बार सडकको गुणस्तर राम्रो र बलियो बनाउनु होला भनी दैनिक ताकेता गर्दा पनि यो प्रकारको कार्य गर्नु हाम्रो लागि निकै दुस्खद विषय हो' एक स्थानीयले भने, "सम्पुर्ण तबरबाट जनतालाइ ढाट छलकपट गरि दुःख दिन पल्केका हरुलाइ तह लगाउन युवाहरू सहित जनता जागरुक हुनु जरुरी छ ।"
हातले कालोपात्रे गरेको सडक निस्किन लागे पछि गुणस्तर हिन भएको थाहा भएको हो ।
स्थानीय सरकार तथा प्राबिधिकहरुको चरम लापरबाहीले गर्दा सडक यस्तो भएको र स्थानीय सरकार तथा प्राबिधिकहरुको ध्यानाकर्षण भइ गुणस्तरिय काम हुनु पर्ने स्थानीयहरुको माग रहेको छ ।
तपाईको प्रतिक्रिया