नदीमा डुबेर दाजुभाइको मृत्यु
बिहीबार श्रावण २, २०८२/ Thursday 07-17-25
Paschim Today

कैलाली । कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिकास्थित ११ नम्बरमा सुर्मा खोलामा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार २५ वर्षका उमेश धामी र २० वर्षका प्रकाश धामीको नदीमा डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया