२१ अंकले बढ्यो नेप्से

सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25
Paschim Today

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेको छ । बजार बन्द हुँदा उच्च अंकले बढेको देखिए पनि औसत १५ मिनेट गरेकाले नेप्से ०.७५ प्रतिशतले बढेको देखिएको हो । 

बजार बढेर परिसूचक २८९२.७२ पुगेको छ । सोमबार बजारमा उच्च वृद्धि हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको छ । 

सोमबार १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन । 

दिनभरमा ३११ वटा कम्पनी कारोबार हुँदा १ लाख ३८ हजार ८२८ कित्ता शेयर कारोबार भएको छ । 

१३ समूहमध्ये सबै समूह बढेको छ । सोमबार सबैभन्दा बढी अन्य समूह १.८४ प्रतिशतले बढेको छ भने सबैभन्दा कम फाइनान्स समूह ०.०० प्रतिशत (०.२३ अंकले) मात्र बढेको छ ।