निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
मंगलबार श्रावण ७, २०८२/ Tuesday 07-22-25
Paschim Today

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।
अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग बयान लिने भनिएपछि अख्तियारले त्यसलाई मंगलबार सारेको हो ।
अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ । स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण हुनेछ ।
गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ता विचको संवाद बाहिरिएको थियो । चौतर्फी दवाव परेपछि उनले राजिनामा दिएका थिए ।
तपाईको प्रतिक्रिया