कञ्चनपुरको कृष्णपुरका १४ बर्षिय बालक सम्पर्क विहीन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालि ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट सम्पर्क विहीन भएका छन् । सोमबार (हिजो) बिहान घरबाट गजरौला बजार र आएका आयुष सम्पर्क विहीन भएका छन । बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार आएका उनी त्यहीबाट सम्पर्क विहीन भएको उनका दाइ भुवन भट्टले बताए ।
उनले खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको बताए । आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बरमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।
उनले खोजी कार्यमा सहयोगका लागि इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुर र कैलालीका प्रहरी कार्यालयमा निवेदन दिइसकेको बताए ।गजरौला चोकमा सिसिटिभी क्यामेरा भए पनि ती बिग्रिएकाले खोजी गर्न समस्या भएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय गुलरीयाले बालक हराएको निवेदन आएपछि खोजीका लागि हुलिया काटिइसकेको बताए ।
तपाईको प्रतिक्रिया