दार्चुलाको शैल्यशिखरमा भिरबाट लडेर एक जनाको मृत्यु
शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार साँझ नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया