इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

काठमाडौं — विभिन्न कारणले इरानको जेलमा रहेका पाँच नेपाली नागरिकलाई स्वदेश फिर्ता गराइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, त्यहाँको अदालतबाट थुनामुक्त भएका नेपालीहरूलाई तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तरराष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा नेपाल ल्याइएको हो।

यसअघि पनि भारत सरकारको सहायतामा भारतीय उद्धार उडानमार्फत तीन चरणमा नौ जना नेपालीलाई इरानबाट स्वदेश फर्काइएको थियो।

इजरायल–इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ मा युद्धविराम भएपछि क्षेत्रको शान्तिसुरक्षा अवस्था सहज बन्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।