चीनले तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर दिने
मंगलबार श्रावण १४, २०८२/ Tuesday 07-29-25
Paschim Today

बेइजिङ : विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ। उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ।
चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ।
चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा गरेको हो। सरकारी सञ्चारमाध्यमका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाहरूको पालनपोषणमा मद्दत गर्नेछ।
जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एक सन्तान नीति अन्त्य गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गएको छ।
तपाईको प्रतिक्रिया