सुनामीको चेतावनीपछि जापानले खाली गर्यो फुकुशिमा आणविक प्लान्ट

काठमाडौं । सुनामीको चेतावनीपछि जापानको फुकुशिमा आणविक प्लान्ट खाली गरिएको छ ।
जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (TEPCO) ले फुकुशिमा दाइची र फुकुशिमा दैनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर उच्च स्थानहरूमा लगिएको जनाएको छ ।
सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामी पछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो । टेप्कोले प्लान्टमा कुनै क्षति नभएको र सुनामी चेतावनीलाई निगरानी गरिएको जनाएको छ ।
यस हप्ताको सुरुमा टेप्कोले विकिरणको स्तर कम गर्न पर्याप्त समय प्रदान गर्न इन्धनको फोहोर पूर्ण रूपमा हटाउन १२ देखि १५ वर्ष ढिलाइ हुन सक्ने घोषणा गरेको थियो ।
रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा बुधबार बिहान गएको ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यो भूकम्प पेट्रोपाभलोभ्स्क-कामचत्स्कीबाट करिब १२६ किलोमिटर (७८ माइल) टाढा १८ किलोमिटर गहिराइमा गएको थियो ।
तपाईको प्रतिक्रिया