सुनको मूल्य १४ सयले बढ्यो

बुधबार श्रावण १५, २०८२/ Wednesday 07-30-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।