२८३३ अंकमा झर्‍यो नेप्से

मंगलबार श्रावण २१, २०८२/ Tuesday 08-05-25
Paschim Today

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्सेमा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४१.७८ अंकले नेप्से घटेर २८३३.५७ अंकमा आइपुगेको हो ।

मंगलबार सोमबारको तुलनामा कारोबार रकम समेत घट्दा नेप्सेमा कारोबार भएकामध्ये ४६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो भने २०४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

आजको कारोबारमा समाज लघुवित्तको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोपावरको शेयर कारोबार गर्ने कारोबारीले सबैभन्दा धेरै गुमाए ।

आजको शेयर कारोबारमा लघुवित्त र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको परिसूचक राताम्य बनेको छ ।