च्याम्पियन रवीन्द्रलाई एक लाख ११ हजारसहित सम्मान गर्दैै दुर्गाथली

बुधबार श्रावण २२, २०८२/ Wednesday 08-06-25
Paschim Today

काठमाडौं । । म्याट्रिक्स फाइट नाइट (एमएन–१७) च्याम्पियन रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गर्ने भएको छ । बुधबार (साउन २१) गाउँपालिकाले सूचना जारी गर्दै रवीन्द्रलाई एमएन–१७ को च्याम्पियन बनेकामा बधाई ज्ञापन गरिएको छ । उ

क्त नगद राशि प्रदान गरिने जनाइएको छ । “प्रतिभावान् खेलाडी रवीन्द्रको आगामी खेल यात्राको थप सफलताको शुभकामना व्यक्त गर्नुका साथै पालिकाको तर्फबाट सम्मानस्वरूप रु. १,११,१११/– (रु. एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गर्दछौँ,” सूचनामा उल्लेख छ । 

 

रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित छन् । गएको शनिबार (साउन १८ गते) भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका हुन् । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।