कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु, ४७ घाइते

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

धनगढी, २४ साउन ।
कैलाली कारागारमा कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा ४७ जना कैदीबन्दी घाइते छन् ।

बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी उपमहानगरपालिका- ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।

घाईतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ । प्रहरीले कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ।

विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ