कैलाली जेलको झडपमा घाइते ४७ कैदीबन्दी अस्पताल भर्ना, सूचना संकलनमा मिडियालाई रोक

खेमराज उपाध्याय,
धनगढी, २४ साउन ।
कैलाली कारागारमा दुईदिन देखि जारी कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा परी ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाईतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गम्भीर रुपमा घाईते भएका एक जनाको आइसीयुमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले झडपमा परी धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको बताए ।
को मृत्यु भएको छ ।
उपचारका लागि घाईतेहरु भर्ना गरिएको सेती प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्ड रक्ताम्य भएको छ । प्रहरीले अस्पतालमा उपचारार्थ भर्ना गरिएका घाईतेहरुको समाचार संकलनमा मिडियाकर्मीहरुमाथि रोक लगाएका छन् । अस्पताल परिसर प्रहरीले नियन्त्रणमा लिएको छ । ईमर्जेन्सी वार्डमा सर्वसाधारण र मिडियाकर्मीलाई जान रोक लगाईएको छ । प्रहरीले परिवारजनलाई समेत भेटन रोक लगाएको छ ।
कारागारभित्र बिहीवारदेखि नै कैदीबन्दीहरुबीच झडप भएपनि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले सामान्य रुपमा लिदा गम्भीर क्षति भएको हो ।
झडपमा परी केही कैदीको टाउकोमा गम्भीर चोट लागेको छ । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।
तपाईको प्रतिक्रिया