झडपपछि कैलाली कारागार पुगे चार वटै सुरक्षा निकायका प्रमुख
शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

धनगढी, २४ साउन ।
कैदीबन्दीबीचको झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारमा कैलाली जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।
कारागारको पछिल्लो अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पुगेका हुन् ।
गएराति कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कारागारमा आफन्त र मिडियालाई रोक लगाइएको छ ।
तपाईको प्रतिक्रिया