कैदीबन्दीहरुले जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारागार प्रवेश गर्न रोके

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

धनगढी, २४ साउन
झडपपछि कैलाली कारागारभित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल सहितका जिल्लाका सुरक्षा प्रमुखहरुलाई कैदीबन्दीहरुले कारागार प्रवेशमा रोक लगाएका  छन् ।

कारागारभित्र कैदीहरुबीच भएको सामूहिक झडपमा एक जनाको मृत्यु र ४७ जना घाईते भएपछि चार वटै सुरक्षा निकायका प्रमुखहरु बिहान करीव १० बजे कारागारको अवस्था बुझ्न गएका थिए । कैदीबन्दीहरुले कारागारभित्र प्रवेश गर्न नदिएपछि जिल्लाका सुरक्षा प्रमुखहरु कारागार परिसरबाटै फर्किएका छन् ।

१५० कैदीबन्दी क्षमता भएको कैलाली कारागारमा हाल ७०० बन्दी छन् ।

केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर त्यसको भोलि पल्टनै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएको हो ।

दुई दिनयता कारागारभित्र झडपका सूचना बाहिर आएपनि प्रहरी प्रशासनले समयमै समस्या समाधानका लागि चासो नदेखाएका कारण मानवीय क्षति भएको हो ।