टेकबहादुर रावत सुदूरपश्चिम रोयल्समा

शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘सी’ क्याटागोरीका टेकबहादुरलाई न्युनतम बोली दुई लाख रुपैयाँमा अनुबन्ध गरिएको हो ।

दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् । हालसम्म ६ खेलाडी बिक्री भएका छन् ।