कैलाली कारागारको कुटपिटमा गम्भीर घाइते एक जनालाई काठमाडौं लगियो
शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

कैलाली । कैलाली कारागारमा गएराति भएको कुटपिटमाबाट घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–२ का आयुश भट्टराई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो ।
हिजो राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४८ जना घाइते भएका छन् । अन्यको धनगढीमै उपचार भइरहेको छ । घाइतेका आफन्तहरूले उपचारप्रति चित्त बुझाएका छैनन् । आफूलाई भेट्न पनि नदिएको उनीहरूको गुनासो छ ।
यसैबिच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
तपाईको प्रतिक्रिया