बाल्टिमोरमा सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप २०२५ शुरु

बाल्टिमोर, २४ साउन ।
सुदूरपश्चिम नेपाली समाजको आयोजनमा शनिवार अन्तरराज्यीय भलिबल प्रतियोगिता बाल्टिमोरमा शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्र्रमुख अतिथि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी र विशेष अतिथि पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा क्याप्टेन सुनिल चौधरीले प्रतियोगि टीमलाई भलिवल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्त र सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमन विक्रम शाह समेत सहभागी थिए । ।
सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव यज्ञ बहादुर थापाले गरेका थिए ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड कप २०२५ नाम दिईएको अन्तरराज्यीय भलिवल प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यका १४ टीम सहभागी छन् ।
प्रतियोगिताको बिजेताले ७७७७ डलर र उपबिजेता टीमले ४४४४ डलर पुरस्कार र ट्रफी हात पार्नेछ ।
तपाईको प्रतिक्रिया