अनेसास अफ्रिकाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा भट्ट निर्विरोध

सोमबार श्रावण २७, २०८२/ Monday 08-11-25
Paschim Today

नैरोबी , केन्या ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरको आईतवार सम्पन्न तेस्रो साधारणसभाबाट केन्याका कृष्णदत्त भट्ट निर्विरोध रुपमा अध्यक्षतामा निर्वाचित भएका छन् ।

भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा गोपर्मा (तान्जानिया), महासचिवमा रामचन्द्र राई (आर.सी. राई) (सेसेल्स), कोषाध्यक्षमा तिर्सना कोईराला (रुवाण्डा), सचिवमा भरत रिजाल (नाइजेरिया) र सदस्यहरुमा सागर भण्डारी (केन्या), गंगा बस्याल (केन्या), महेन्द्र भट्टराई (सेसेल्स) , बिकास सुवेदी (घाना) , युनेश घिमिरे (क्यामरुन) र गायत्री कुलुङ (सेसेल्स) चयन भएका छन ।

त्यस्तै संस्थाको सल्लाहकार समितिमा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साल, हिक्मत थापा, गणेश खडका, कुल कार्की र मनोज विक रहेका छन् ।

भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा अनेसास अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत थापा प्रमुख अतिथि अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष गणेश खडका विशिष्ट अतिथि रहेका थिए ।

 कृष्णदत्त भट्टको सभापतित्वमा संचालन भएको अधिवेशनले समितिको वार्षिक प्रकाशन किलिमन्जारो नियमित प्रकाशन गर्ने र अनेसासको प्रथम अफ्रिका साहित्य सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।

अधिवेशनमा आरसी राईले गत कार्यकालको प्रगती विवरण र तिर्सना कोइरालाले आर्थिक विबरण प्रस्तुत गरेका थिए ।