कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

सोमबार भदौ २, २०८२/ Monday 08-18-25
Paschim Today

धनगढी । कैलालीबाट चोरी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २५ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएपछि फरार रहेका गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश चौधरी आइतवार पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले श्रीपुर बजारबाट पक्राउ गरेको जनाएको छ।