कैलालीको गोदावरीमा सडक मर्मत नभएपछि स्थानीयले सडकमै रोपे केराको बोट
बुधबार भदौ ४, २०८२/ Wednesday 08-20-25
Paschim Today

अत्तरिया । कैलालीको गोदावरीमा सडक मर्मत नभएपछि स्थानीयले सडकमै केराको बोट रोपेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित धनचौरी र धनगढीको उप महानगरपालिका- ७ को देवरिया जोड्ने सडक खण्ड हिलाम्मे भएपछि स्थानीयले सडकमै केराको बोट रोपेका हुन् । पटक-पटक सम्बन्धित निकायलाई झकझक्याउँदा पनि चासो नदिएको स्थानीय सुरेश भट्टराईले बताए । वडा नम्बर- ९ का वडा अध्यक्ष रामलाल रानाले भने अहिले खोला बन्द रहेको हुँदा समस्या भएको बताए ।
ठेकेदारले काम गरिरहेकै अवस्थामा खोला बन्द भएपछि समस्या भएको उनको भनाई छ । देवरीया धनचौरीमा सडक कालोपत्रेका लागि संघिय सरकारबाट योजना स्वीकृत भइसकेको र केही दिनमै काम सुरु गर्ने जानकारी आफूहरूले पाएको वडा सदस्य उद्धव भट्टराईले बताए । गोदावरी ९ का बासिन्दा धनगढी आवतजावत गर्न यहि सडक खण्ड प्रयोग गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया