माछापुच्छ्रे बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठ्माण्डौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले देशका विभिन्न शाखाका लागि ७० जना कर्मचारी माग गरेको हो ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न शाखाका लागि ७० जना Trainee Junior Assistant पदमा कर्मचारी माग गरेको छ। ‘ए’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रेले Trainee Junior Assistant पदमा नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको छ।
बैंकका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूमा नियुक्तिका लागि कर्मचारीहरू माग गरिएको छ। उम्मेदवारले व्यवस्थापन, व्यवसाय अध्ययन वा व्यवसाय प्रशासनमा स्नातक वा सो सरहको डिग्री प्राप्त गरेको हुनु पर्नेछ र न्यूनतम ५०% अंक वा २.५ सीजीपीएसहित स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ।
उम्मेदवारले कम्प्युटर चलाउन सक्ने, अंग्रेजी र नेपाली भाषामा बोलचाल र लेखनमा सक्षम हुनुपर्नेछ भने उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ। साथै, स्थानीय र छिमेकी जिल्लाका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। चयन भएका उम्मेदवारहरूलाई तोकिएको प्रदेशमा कार्यस्थल प्रदान गरिए पनि बैंकको आवश्यकताअनुसार देशभरका शाखाहरूमा तोक्न सकिनेछ।
दरखास्त भदौ १८ गते साँझ ५ बजेसम्म मात्र खुला रहनेछ। इच्छुकले बैंकको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
तपाईको प्रतिक्रिया