बैतडीको डिलाशैनीका एक युवक एक हप्तादेखि सम्पर्क बिहिन

शनिबार भदौ ७, २०८२/ Saturday 08-23-25
Paschim Today

 

बैतडी । बैतडीको डिलाशैनीका एक युवक बेपत्ता भएका छन् । 

डिलाशैनी गाउँपालिका वडा नं १ कोटपेटरा बस्ने ३० बर्षीय नरेश बोहरा गएको साउन ३१ गते शनिबारदेखि बेपत्ता रहेका उनका दाजु सुरेन्द्र  बोहराले बताए ।  घरबाट काममा निस्केका बोहरा त्यसपछि घर नफर्किएका उनले बताए । कालो लेदरको जकेट र हाफ पाइन्ट लगाएका बोहरालाई कसैले फेला पारेमा नजिकको प्रहरीचौकीमा खबर गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । 

हराइरहेका बोहरालाई कसैले फेला पारेमा ९८५१३५४६६६ र ९८५१२२२२१३ मा खबर गरिदिन आग्रह गरिएको छ । बोहरा बेपत्ता भएको एक हप्ता बितिसक्दा समेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता थपिएको छ ।