साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने
बुधबार भदौ ११, २०८२/ Wednesday 08-27-25
Paschim Today

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
उपाधि रक्षाका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यसअघिका तीन खेलमा नेपालले दुईमा हार र एक जित निकालेको थियो ।
पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।
तपाईको प्रतिक्रिया