रवि लामिछानेको मुद्दा सागर विष्टको इजलासमा

बुधबार भदौ ११, २०८२/ Wednesday 08-27-25
Paschim Today

रुपन्देही । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको बताए । बुधबार लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गर्नेछन् ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् । आज निवेदामाथिको प्रारम्भिक सुनुवाइ हुनेछ ।