अमेरिकाको विस्कान्सिनमा धुमधामसंग मनाईयो गौरा

विस्कान्सिन, ३१ अगष्ट ।
अमेरिकाको विस्कान्सिनमा शनिवार गौरा पर्व धुमधामसंग मनाईएको छ ।
गौरा समाज विस्कान्सिनको आयोजनामा शनिवार विस्कान्सिनको हिन्दु मन्दिरमा गौरा पर्व धुमधामसंग मनाईएको हो ।
गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद वितरण, गौरा सेलाउने लगायतका कार्य बिधि पूर्वक गरिए ।
गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा कलाकार तथा देउडा गायक शंकर बिष्टले हुड्केली प्रस्तुत गरे । बिष्टको प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनायो ।
कार्यक्रममा विस्कान्सिनका बिभिन्न भागबाट गौरा पर्वमा सहभागी भएका सुदूरपश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।
गौरा समाजको आयोजनामा हिन्दु मन्दिरमा बिहान १० बजे गौरा पूजा शुरु भयो । २ बजे गौरा भित्र्याईयो । २ बजेदेखि ३ बजेसम्म बिरुडा प्रसाद वितरण गरियो । ३ देखि ५ बजे हुड्केली, देउडा खेल, दाईना दमाउ र नृत्य प्रदर्शन गरियो । अन्तिममा साँझ पाँच बजे गौरा विसर्जन गरियो ।
गौरा समाज विस्कान्सिनका अध्यक्ष अध्यक्ष बासुदेव जोशीको अध्यक्षमा सम्पन्न कार्यक्रममा सुदूर पश्चिम समाजका अगुवा रामचन्द्र शर्मा, टंक प्रसाद जोशी, देवराज जोशी, गौरा समाजका सल्लाहकार बासुदेव अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा गौरा पर्वको महत्वमाथि चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया