तेस्रो दिनमै छाडे डा.केसीले सत्याग्रह, गेटा मेडिकल कलेज भर्ना

मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25
Paschim Today

काठ्माण्डौँ । चिकित्सा शिक्षा सुधारको मागसहित २३ औं सत्याग्रह थालेका डा.गोविन्द केसीले तेस्रो दिनमै अनशन तोडेका छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनले मंगलबार दिउँसो सत्याग्रह तोडेका हुन् ।  

ग्लुकोजको मात्रा २७ मा झरेपछि चिकित्सकको सुझावमा उनले गेटा अस्पतालमा उपचाररत कञ्चनपुरका ५२ वर्षीय पृतम चौधरीबाट जुस पिएर सत्याग्रह छाडेका हुन् । उनी अहिले सोही गेटा मेडिकल कलेजमा उपचाररत छन् । 

केसीलाई रिँगटा लाग्ने, मांसपेशी बाउँडिने र मुटुको चालमा अनियमितता देखिएको छ । केही दिन अस्पतालमै राखेर उनको उपचार गरिने छ ।