नेप्सेमा ६.५५ अंकको गिरावट

काठमाडौं- साताको अन्तिम दिन सेयर बजार नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ .७७ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको सेयर कारोबार भएको छ ।
आज हिम स्टार ऊर्जाका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका हुन् । यस्तै, विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशत र माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
बराही हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ३.८३ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३५ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा विन्ध्यावासीनी हाइड्रोपावरको १९ करोड रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको १७ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।
तपाईको प्रतिक्रिया