ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं । ट्रमा सेन्टरमा अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केही बेरअघि एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि अर्का एकजनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।