नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका युवाहरूलाई धमाधम पक्राउ गर्दै प्रहरी
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठ्माण्डौँ- नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रशासनले बिहान साढे ८ बजे देखि कर्फ्यु जारी आदेश गरेको थियो । तर, नवयुवा
कर्फ्युको प्रवाह नगरी प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले सरकार विरुद्ध चर्का नाराबाजी लगाइरहेका थिए । वानेश्वरकाे मुख्य चााेकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसिद भवनको मुख्य गेट नजिकै पुग्न खोजेपछि प्रहरीले हटाउन धमाधम पक्राउ गरिरहेको छ । पक्राउ परेका युवालाई संसद् भव भित्र प्रहरीको नियन्त्रणमा राखिएको छ । शंखमुल, तीनकुने, थापा गाउँ, विजुलीबजार आसपासको क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो छ ।
नेपाली सेनाले समेत गस्ती बढाइरहेको देखिन्छ । तीनकुने माइतीघर तर्फको सडक पूर्ण रूपमा बन्द छ छ। दमकल, एम्बुलेन्स, प्रेस र अत्यावश्यकीय सवारी साधन बाहेक अरूलाइ आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।
तपाईको प्रतिक्रिया