सरकारी वकिलको कार्यालयमा आगजनी
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठमाडौं । जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् । माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।
सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आक्रोशित युवाहरूको समूहले मंगलबार बिहानैबाट सरकारी भवन, मन्त्री निवास तथा नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका छन् ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि राज्य प्रशासनले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।
सोमबारको प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा थप दुई जना युवाको प्रहरीको गोली लागेर ज्यान गएको छ । यो सँगै मृतकको संख्या २१ पुगेको छ ।
प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।
तपाईको प्रतिक्रिया