ब्रिफिङ : नेताका निवास, कार्यालय र मुख्य संवेदनशील क्षेत्र सुरक्षाकर्मीको नियन्त्रण बाहिर

मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठमाडौं । सरकारविरुद्धको आन्दोलन चर्किएपछि अहिले देशव्यापी आगजनी र तोडफोड भएको छ । संवेदनशील क्षेत्रहरु मानिएका प्रमुख दलका नेता र तीनका पार्टी कार्यालयहरु सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढालीलकण्ठमा पनि आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।
मन्त्री निवास भैंसेपाटीमा पनि आगजनी भएको छ ।

परराष्ट्रमन्त्री आरजु देउवाको धनगढीस्थित निवास तोडफोड र आगजनी भएको छ ।