सर्वोच्च अदालतमा आगो निभाउन आयो महानगरपालिकाको दमकल
बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

काठमाडौं । सर्वोच्च अदालतमा लागेको आगो निभाउन काठमाडौंको महानगरपालिकाको दमकल आएको छ । मंगलबार दनदनी आगो बल्दा दमकल प्रयोग भएको थिएन ।
आज बिहान भने बँचेखुचेको आगो निभाउन दमकल आएको हो ।
जेनजी प्रदर्शनको क्रममा युवाहरुको एक समूहले आगो लगाइदिँदा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
कागजात र प्रमाण हेरेर मुद्दाको फैसला गर्ने सर्वोच्च अदालत मंगलबारको आगजनीले खरानी भएको छ । काठमाडौं र हेटौंडाको डाटा सेन्टरमा एकसाथ आक्रमण भएपछि मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया