नेपाल घटनाको छानबिन गर्न र संयम अपनाउन राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार नेपालमा भएको घटनाको गहिरो छानबिन र संयमता अपनाउन आह्वान गरेका छन् । नेपालमा जेनजीको आन्दोलनमा भएको घातक प्रदर्शनमा १९ जनाको ज्यान गएपछि र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संयुक्त राष्ट्रसंघले यस्तो बताएको हो ।
“मैले नेपालको स्थितिलाई नजिकबाट नियालिरहेको छु र जीवन गुमेकोमा मलाई गहिरो दुःख लागेको छ,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
उनले घटनाको गहन छानबिन गर्न, थप हिंसालाई रोक्न संयमता अपनाउन र रचनात्मक मार्ग पहिल्याउन संवादको लागि आग्रह गरेका छन् ।
गुटेरेसले अधिकारीहरूलाई मानव अधिकार कानुनको पालना गर्न आह्वान गर्दै प्रदर्शनहरू शान्तिपूर्ण ढंगले, जीवन र सम्पत्तिको सम्मान गर्दै हुनुपर्ने जोड दिएका छन् ।
दुई दिनको व्यापक जनधनको क्षति हुनेगरी भएको प्रदर्शनपछि मंगलबार राति नेपाली सेनाले सुरक्षा व्यवस्था आफ्नो नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया