सुनको भाउ घट्यो, चाँदी स्थिर

बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार उच्च मूल्यमा पुगेको छापावाल सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । 

यसअघि बुधबार सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सोमबार भने सुन प्रतितोला दुई लाख ११ हजार ६ रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।