भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार
बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।
तपाईको प्रतिक्रिया