संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।