मैत्रीपूर्ण खेल खेल्न आएको बङ्गलादेशी फुटबल टोली विशेष बिमान बोलाएर स्वदेश फर्कियो
बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज स्वदेश फर्किएको छ।
बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोली ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए। मङ्गलबारनै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण रोकिएको थियो।
यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो। त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।
तपाईको प्रतिक्रिया