सिंहदरबारका मन्त्रालयमा भएको क्षति रुजु भएपछि मात्रै सरसफाइ र पुनःनिर्माण हुने

काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम हुने भएको छ ।
शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको निरीक्षणपछि सबै मन्त्रालयमा भएको क्षतिको मुचुल्का उठाएर यकिन गरेपछि मात्रै सरसफाइ गरिने मन्त्रालयहरूले जनाएका छन् ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयको प्रायः सबैमा क्षति पुगेको बताए । उनले मन्त्रालयमा भित्र र बाहिर रहेका सवारी साधनमा भएको क्षतिको मुचुल्का उठाएर विवरण लिएसँगै सरसफाइ गरिने योजना तयारी रहेको बताए ।
उनले भने, ‘सबै क्षतिको मुचुल्का उठाउने काम अहिले भइरहेको छ । मुचुल्का उठाएर सरसफाइ गरी बस्न मिल्ने ठाउँमा बस्छौँ । पुनर्निर्माण गर्नुपर्नेको हकमा सरकार बनेसँगै काम सुरु हुन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको छ । भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकारी सम्पत्तिहरू ध्वंस बन्न पुगेका थिए । उक्त दिन आन्दोलनकारीले सिंहदरबारमा आगजनी सहित तोडफोड गरेको थिए ।
तपाईको प्रतिक्रिया