सुदूरपश्चिम मोबाईल व्यवसायी संघद्वारा भन्सार कार्यालयमा सरसफाई 

शनिबार भदौ २८, २०८२/ Saturday 09-13-25
Paschim Today

पश्चिम टुडे, धनगढी २८ भाद्र । सुदूरपश्चिम मोबाईल व्यवसायी संघले कैलाली भन्सार कार्यालयमा शनिबार सरसरसफाई गरेको छ । 
१२० को श्रमदान, नयाँ नेपालको निमार्ण भन्ने मुल नाराका साथ सुदूरपश्चिम मोबाईल व्यवसायी संघले कैलाली भन्सार कार्यालयको दैनिक कामकाजमा आवश्यक पर्ने कम्प्युटर, ल्याबटप, फर्निचर लगायतका आवश्यक सामाग्रीहरु सहयोग गर्ने संघका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले सम्पूर्ण धनगढीबासीहरुलाई उक्त कार्यमा सहयोग गर्न अनुरोध गरे । 
गत भाद्र २४ गते जेन–जी समूहले कैलाली भन्सार कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । हाल भन्सार कार्यालयमा कामकाज ठप्प रहेको कार्यालयले जनाएको छ ।