कञ्चनपुर प्रशासनले गर्‍यो सेवा सुरु गर्‍यो

सोमबार भदौ ३०, २०८२/ Monday 09-15-25
Paschim Today

कञ्चनपुर। जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले अवरुद्ध भएको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सेवा आजदेखि सुचारु भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार, आन्दोलनकारीले कार्यालय भवनमा गरेको तोडफोडबाट बिजुली, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो। मर्मतपछि अहिले सबै सेवा पुनः सञ्चालनमा आएका छन्।

तोडफोडका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित सबै काम रोकिएको थियो, जुन अब नियमित हुनेछ।