सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार भदौ ३०, २०८२/ Monday 09-15-25
Paschim Today

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ७५ रुपैयाँ कायम भएको छ ।