भारतसँग सिमाना जाेडिएका सुदूरपश्चिमका नाकाहरू सञ्चालनमा आए

मंगलबार भदौ ३१, २०८२/ Tuesday 09-16-25
Paschim Today

धनगढी । जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरीफन्टा, बैतडीको झुलाघाटसहितका भारतसँगको  प्रमुख सीमा नाकामा आजदेखि आवागमन सुरु भएको हो । भारतीय पक्षले गत हप्ता देखिएको 
तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो ।

अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा पारिएको छ । नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको जनाइएको छ ।