मन्त्री छान्न बालुवाटारमा छलफल
बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today

काठ्माण्डौँ- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास थालेकी छन्। ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी उनले ३ मन्त्री र मुख्यसचिवलाई राखेर बालुवाटारमा छलफल गरेकी हुन्।
'प्रधानमन्त्री र मन्त्रीबीच छलफल जारी छ,' स्रोतले भन्यो,'मन्त्रीका लागि विभिन्न नाममा छलफल भइरहेको छ। आजै नभए पनि भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ।'
छलफलमा कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छन्।
तपाईको प्रतिक्रिया