सुनचाँदी व्यवसायी संघ कैलालीद्वारा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई आवश्यक सामाग्री सहयोग

बिहीबार असोज २, २०८२/ Thursday 09-18-25
Paschim Today

पश्चिम टुडे, धनगढी २ असोज । सुनचाँदी व्यवसायी संघ कैलालीद्वारा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयलाई विहिवार आवश्यक सामाग्री सहयोग सहयोग गरेको छ । 
सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले कार्यालयलाई आवश्यक पर्ने सामाग्री (कुर्ची) जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई हस्तान्तरण गरे । 
    त्यसैगरि सुनचाँदी व्यवसायी संघ कैलालीले जिल्ला मालपोत कार्यालय कैलालीलाई विद्युतीय सामाग्री सहयोग गरेको छ । केही दिन अघि जेनजी समूहबाट भएको प्रदर्शनले कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो ।

कामकाज ठप्प भएको कार्यालयको दैनिक काममा सहज, छिटो, छरितो होस भन्ने उद्देश्यले सुनचाँदी व्यवसायी संघले सरकारी कार्यालयहरुलाई सहयोग गरेको अध्यक्ष सुनारले पश्चिम टुडेलाई बताए । अध्यक्ष सुनारले आम नागरिकहरुलाई आगजनी तथा तोडफोडले क्षतिग्रत भएका कार्यालय संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कैलालीका पदाधिकारीहरु तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । 


    केही दिन अघि संघका पदाधिकारीहरुले जेनजी समूहबाट तोडफोड तथा आगजनी गरिएको आन्तरिक राजस्व कार्यालय धनगढीका भवन तथा कार्यालय परिसरमा सरसरफाई गरेका थिए ।