काठमाडौं महानगरद्वारा ३५ वटा दुर्गम स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण

मंगलबार असोज ७, २०८२/ Tuesday 09-23-25
Paschim Today

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका ३५ दुर्गम स्थानीय तहका स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको छ ।

पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ती पालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधिलाई एम्बुलेन्स हस्तान्तरण गरियो ।

मेयर बालेन साहले केही दिनअघि एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

महानगरले एम्बुलेन्स वितरणमा ७ वटा मापदण्ड तय गरेको थियो ।