प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा 'फेक' अकाउन्ट
शुक्रबार असोज १०, २०८२/ Friday 09-26-25
Paschim Today

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा छद्म सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ । सामाजिक सञ्जाल एक्समा 'सुशीला कार्की अफिसियल' नामको एकाउन्ट छद्म रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट नभएको प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले बताए ।
उनले भने-'प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट खुलेका छैनन् । जति सञ्चालनमा आएका छन् ती सबै छद्म हुन् । त्यो बन्द गर्नका लागि हामीले सीआईबीमा पत्राचार गरिसकेका छौँ ।'
तपाईको प्रतिक्रिया